आँबुखैरेनी अस्पतालमा हाडजोर्नी र नशा रोगको विशेषज्ञ सेवा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

आँबुखैरेनी गाउँपालिकाले आफ्नै स्रोत साधनबाट हाडजोर्नी तथा नशा रोग को विशेषज्ञ सेवा सुरु गरेको छ । गाउँपालिकाले डा.राजकुमार शाहलाई नियमित अनुबन्धमा नियुक्त गरी आँबुखैरेनी अस्पतालमा सेवा दिन थालेको हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार डा.शाहको सेवा सुरु भएपछि अब हाडजोर्नी र नशा सम्बन्धी उपचारका लागि स्थानीयवासीलाई पोखरा, चितवन वा काठमाडौं जस्ता सहर जानुपर्ने बाध्यता हटेको छ । ‘विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउँदा जनताको समय, पैसा र श्रमको बचत हुने विश्वास लिएका छौं’, अध्यक्ष चुमानले भने ‘यसले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै सुनिश्चित गर्ने हाम्रो अभियानलाई थप बल पु¥याएको छ ।’

गाउँपालिकाले आगामी दिनमा अन्य विशेषज्ञ सेवा पनि क्रमशः विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य