स्वास्थ्य सम्बन्धि म्याग्देको नीतिः ‘म र मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

म्याग्दे गाउँपालिकाले स्वास्थ्य क्षेत्र तर्फ म र मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने नारालाई स्वास्थ्यको मुल आधार बनाएको छ । आगामी आर्थिक वर्षमा म्याग्देले अध्यक्षसँग स्वास्थ्य सुधार कार्यक्रम सन्चालन गर्ने भएको छ ।

गाउँपालिकामा रहेका २ वटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्सलाई शव बाहान बनाइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । साथै १० शैयाको थर्पु आधारभुत अस्पतालमा स्वास्थ्य विमाको कार्यक्रम सन्चालन गरिने भएको छ । विभिन्न वडाहरुमा विभिन्न रोग सँग सम्बन्धित घुम्ती स्वास्थ्य परिक्षणका कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

हरेक परिवार स्वास्थ्य विमा कारोबार भन्ने नारा सहित सबै घर परिवारलाई स्वास्थ्य विमामा आवद्ध गराइने भएको छ । अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत सुत्केरीलाई जनही ५ हजार उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । विपन्न नागरिकलाई मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सस, स्पाइनल इन्जुरी, हेड इन्जुरी, तथा सिकलसेल एनिमियाका विरामीलाई संघीय सरकारबाट प्राप्त सेवा सुविधा प्राप्तिका लागि सिफारिस प्रक्रियालाई सहज बनाउने, थर्पु आधारभुत अस्पतालमा एकिकृत बर्थिङ सेन्टर सन्चालन गरि गभवती र सुत्केरी महिलालाई घरबाट स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाबाट घरमा निशुल्क यातयात सेवाको निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरि क्षयरोग मुक्त अभियान कार्यक्रम लागु गरि घरघरमा क्षयरोगको स्क्रिनिङ कार्य गरिने भएको छ । साथै पत्ता लागेका क्षयरोगीहरुलाई स्वास्थ्यकर्मीको प्रतक्ष्य निगरानीमा उपचारको व्यवस्था मिलाइने भएको छ । बा आमा घर दैलो स्वास्थ्य सेवा कार्यक्रम लागु गरि नसर्ने रोगहरुको पहिचानको लागि घर घर स्वास्थ्यकर्मी परिचालनको नीति लिइने गाउँपालिकाले जनाएको छ । यी सबै स्वास्थ्य कार्यक्रम सन्चालनको लागि म्याग्दे गाउँपालिकाले २ करोड ५७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ