समाजसेवी सिद्धान्तद्वारा अरुण माविमा १ लाखको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १७

बन्दीपुर गाउँपालिका-६ का युवा समाजसेवी सिद्धान्त गर्जामगरले सोही वडामा रहेको अरुण माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

गर्जामगरले स्व: हजुरबुबा मोतिलाल थापा र स्व: हजुरआमा मन्धरा थापाको स्मृतिमा अक्षयकोष स्थापनाको लागि उक्त रकम हस्तान्तरण गरेका हुन् । ‘जुन विद्यालयले मलाई जीवन जिउने एउटा सुन्दर ज्ञान् ,कला र कर्म सिकायो, यही ज्ञान्, कला र कर्मबाट आर्जन गरेको कमाइले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग स्वरुप औपचारिक रूपमा अक्षयकोष स्थापना गरेको छु’ उनले भने ।

 

गर्जामगरले बिधालयका प्रधानाध्यापक बिशाल गौतम, वडा नम्बर ६ का अध्यक्ष बल बहादुर गुरुङ तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज थापालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

गर्जामगर सोही वडाको खहरेमा रहेको सेतीगंगा आधारभुत विद्यालयका प्रअ समेत हुन् । उनले यसअघि देखि विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ