आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

आँबुखैरेनी गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको स्वागत, अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता कायम गर्दै समुदायसँगको सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए । उनले विकासका कार्यहरूलाई योजनाबद्ध र समन्वयात्मक रूपमा अघि बढाउने लक्ष्य समेत प्रस्तुत गरे ।

अध्यक्ष चुमानले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै तहबीच सहकार्य आवश्यक रहेको बताए । उपाध्यक्ष अर्यालले पनि नयाँ प्रशासकीय नेतृत्वसँग आशावादी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना व्यक्त गर्दै बस्नेतको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध