छुट्टाछुट्टै दुर्घटनामा १४ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १८

आइतबार तनहुँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । व्यास नपा १२ छिर्कनमा भएको इभी भ्यान दुर्घटनामा ९ जना र आबुँखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा ५ जना घाइते भएका हुन् ।

आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माईक्रो दुर्घटना हुँदा उक्त भ्यानमा सवारी ९ जना यात्रु घाइते भएका थिए ।

दिउँसो २.३० बजेको समयमा चालकले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किदा उक्त इभी माइक्रो भ्यान सडकमै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चालकसहित माइक्रोमा १२ जना सवार थिए । ९ जना घाइतेलाई उद्धार गरेर प्रदेश अस्पताल दमौली पठाइएको छ । घाइते ७ जना सामान्य र २ जनाको अवस्था मध्यम रहेको छ । माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका– ४ बस्ने २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरि आबुँखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा ५ जना घाइते भएका छन् । गोरखाबाट नारयणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुवहाक बस ऐनापहराको दृश्य अवलोकन गरेर नारयणगढ तर्फ जाने क्रममा स्टार्ट गर्दा एक्कासी ब्याक भएर मस्र्याङदी नदी तर्फ १५ मिटर तल पल्टिएको थियो । उक्त बस व्याक हुने क्रममा ८ जना यात्रुहरु बाहिर निस्कन सफल भएका थिए । सोही क्रममा चालक र सहचालक पनि बसबाट बाहिर निस्कन सफल भएका थिए ।

उक्त दुर्घटनामा ५ जना यात्रु घाइते भएका थिए । उनीहरुको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले उद्धार गरि उपचारको लागि अस्पताल पठाएको थियो । घाइते मध्ये ३ जनाको आबुँखैरेनी अस्पताल र २ जनाको चितवन मेडिकल कलेजमा उपचार भएको छ ।

बसमा १२ जना यात्रु सवार थिए । ऐनापहरा अवलोकन गरेर चितवनतर्फ लाग्ने बेलामा बस स्टार्ट गरेपछि ब्रेक नलागेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले बताए । ५ जना घाइतेमध्ये दुई जनालाई सडक तलबाट उद्धार गरिएको हो । अरु सबै यात्रु, चालक र सहचालक ब्रेक नलागेपछि सडकमै ओर्लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक