देवघाटमा रिटर्नी सेन्टर प्रथम वाईसिएल महिला फूटबल प्रतियोगिता हुँदै

Devghat Online

शेयर गरौ

देवघाट । साउन २६

देवघाटमा आगामी भदौ १ गतेदेखी रिटर्नी सेन्टर प्रथम वाईसिएल महिला फुटवल प्रतियोगिता हुने भएको छ । वाईसिएल नेपाल देवघाट गाउँकमिटिको आयोजनामा हुने उक्त प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले महिला सशक्तिकरणको लागि टेवा पुग्ने महिला फुटवल प्रतियोगिता हुँदा खुुसि व्यक्त गर्दै यस्ता कार्यक्रम गरिरहन पर्ने बताए । देवघाटमा ११ साइडको खेलमैदान नभएको हुदा पछिल्लो समयमा खेलाडिहरुले भोग्न परेको पिडालाइ मध्यनजर गर्दै आगामी दिनमा पालिकाले ११ साइडको खेल खेल्न मिल्ने गरि खेल मैदान बनाउदै गरेको गुरुङले बताए ।

महिला शसक्तिकरण र महिला समावेशी खेल सस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको वाईएसिइल देवघाटका कार्यवाहक अध्यक्ष उमेश आलेले बताए । महिला फुटवल प्रतियोगिताले स्थानिय खेल पर्यटन र अर्थतन्त्रमा योगदान, युवाहरुलाई सकरात्मक सन्देश दिन, देवघाट क्षेत्रको सामााजिक र खेलकुद पहिचानमा योगदान दिन, सामाजिक एकता र समावेशी सहभागिता प्रवद्र्धन गर्ने तथा भविष्यमा स्तरिय महिला लिगको निर्माणको आधार स्थापना गराउनको लागि भुमिका खेल्ने कार्यवहाक अध्यक्ष आलेले बताए । उक्त प्रतियोगिता भदौ १ गते सुरु भई भदौ ९ गते समापन हुनेछ ।

पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुंवर, देवघाट गाउँपालिका खेलकुद समितिका अध्यक्ष अमर बहादुर फेवाली, रिटर्नी सेन्टर नेपाल केन्द्रिय सदस्य दुर्गा लाल गुरुङ, वाईसिएइल केन्द्रीय सदस्य योगेन्द्र गुरुङ, इलाका प्रहरी कार्यालय देवघाट इन्चार्ज शिव थापा, देवघाट वडा नम्बर ५ खेलकुद समितिकाअध्यक्ष टीका राना, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), देवघाट अध्यक्ष शुशिला नेपाल ,थ्ऋी गण्डकी प्रदेश सदस्य सुष्मा गुरुङ, नमस्ते देवघाट गार्डेन रिसोर्टका सन्चालक राजन खराल, वाईसिइल जिल्ला सदस्य श्रवण तामाङ् लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजिकरण सुष्मा गुरुङले गरेकी थिइन् ।

उक्त प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख, द्वित्तिय पुरस्कार नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । उक्त कार्यक्रम वाईसिएल देवघाटका कार्यवहाक अध्यक्ष उमेश आलेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको