मन्त्रालयको सहजिकरणपछि बजेट पारित नगर्ने स्थानीय तहको समस्या समाधानोन्मुख

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २७

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरण पश्चात बजेट पारित नगर्ने स्थानीय तहको समस्या समाधानोन्मुख भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को बार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानकोलागि मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली परिचालन गर्ने भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरुका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा तिन वटा विशेष टोली परिचालन गरेको थियो ।

मन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, रुद्रसिंह तामाङ र प्रकाश दाहालको नेतृत्वमा गएको छुट्टाछुट्टै टोलीले आर्थिक वर्ष २०८२÷०८३ को बार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहमा गई समस्या समाधानकोलागि छलफल गरेको थियो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव काली प्रसाद पराजुलीले मन्त्रालयको सहजिकरण पश्चात स्थानीय तहमा लामो समयदेखी अवरुद्ध भएको कार्यपालिका बैठक सुचारु भएको र कतिपय सथनीय तहले बजेट र कार्यक्रम पारित गरेको बताउनुभयो । पराजुलीले भन्नुभयो ‘आफ्नो आन्तरिक समस्या समाधानकोलागि मन्त्रालयले समन्वय गर्नुपर्दा कमजोरी स्विकार गरि आयन्दा दिनमा यस्तो समस्या आउन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।’

स्थानीय तहमा देखिने समस्या समाधान गर्न मन्त्रालयमा छुट्टै एक्सन रुप बनाउनुपर्ने तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई निश्चित अवधिसम्म सरुवा गर्न नहुने, निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था अन्त्य गर्नुपर्ने सुझाव दिईएको सहसचिव दाहालले बताउनुभयो । निर्धारित समयमा बजेट पारित नगर्ने स्थानीय तहको बित्तिय समानीकरणको अनुदान कटौती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत दिईएको सहसचिव दाहालले बताउनुभयो ।

सहसचिव प्रकाश दाहाल नेतृत्वको टोलीले पहिलो चरणमा मधेस प्रदेशका जिल्लाहरु मध्ये बाराको निजगढ र सिम्रौनगढ नगरपालिका, रौतहटको माधवनारयण नगरपालिका र यामुनामाई गाउँपालिका तथा सर्लाहीको धनकौल गाउँपालिकामा सहजिकरण सम्बन्धी छलफल गरेको थियो ।

त्यस्तै सहसचिव काली प्रसाद पराजुली नेतृत्वको टोलीले बाराको महागढीमाई नगरपालिका, रौतहटको देवाही गोनाई गाउँपालिका, मौलापुर नगरपालिका, फतुवा बिजयपुर गाउँपालिका तथा सर्लाहीको हरिवन नगरपालिकामा सहजिकरण गरेको थियो ।

त्यसैगरि सहसचिव रुद्र सिंह तामाङ नेतृत्वको टोलीले बाराको सुवर्ण गाउँपालिका तथा पर्साको पकहाँ मैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र जिराभवानी गाउँपालिकामा सहजिकरण गरेको थियो ।

सहजिकरण टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि थिए । उक्त टोली साउन २१ गतेबाट समस्या भएका स्थानीय तहमा परिचालित भएको थियो ।

संघीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारको रुपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको बताउनु भयो । उल्लिखित अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक बर्षको राजस्व र व्ययको अनुमान गाउँ सभा वा नगर सभामा पेश गरी पारित गराउनु पर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभा समक्ष पेश गर्नुपर्ने र सो बजेट असार मसान्तभित्र पारित गरी सक्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।

स्थानीय तहमा सुशासनको प्रवद्र्धन र सेवा प्रवाहको सुनिश्चितता गर्न र संवैधानिक तथा कानूनी व्यवस्था बमोजिम समयमै बजेट पारित गरी कार्यान्वयन गर्नु अनिवार्य हुन्छ । तर, केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि आर्थिक वर्ष २०८२/0८३ को बार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन सकेका थिएनन् ।

मन्त्रालयले त्यस्ता स्थानीय तहहरुमा स्थलगत रुपमा छलफल मार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै सभाबाट यथाशीघ्र बजेट तथा कार्यकम पारित गरी कार्यान्वयनमा ल्याउने वातावरण निर्माणका लागि पहल गर्न मन्त्री न्यौपानेको विशेष निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा तिन वटा टोली परिचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय