कालिका माविमा अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । साउन २७

अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा मंगलबार दिगो विकास लक्ष्य र गुणस्तरिय शिक्षा अन्तर्गत कालिका माध्यमिक विद्यालय, देवघाट गाउँपालिका–५, क्युँदीमा लाइफ स्किल एण्ड पब्लिक स्पिकिङ वर्कसप सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष रघु मल्लले जीवन उपयोगी सीप, नेतृत्व क्षमता, समय व्यवस्थापन, उद्घोषण कला, समस्या समाधान र प्रभावकारी सार्वजनिक भाषणसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा कालिका माविका प्रअ शरदचन्द्र खनालले यस्ता कार्यशालाले विद्यार्थीहरूमा आत्मविश्वास र सिर्जनशीलता बढाएको भन्दै विद्यालयमा निरन्तर यस्ता अवसर सिर्जना गर्न आवश्यक भएको बताए ।

देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालले युवाहरूको नेतृत्व विकास, सकारात्मक सोच र जीवन सीप वृद्धिमा जेसीजको अभियान निरन्तर रहने बताए । उनले विद्यार्थीहरूले आज सिकेका सीप जीवनभर उपयोग गर्ने विश्वास लिएको बताए ।

कार्यक्रमको संयोजन देवघाटधाम जेसीज २०२५ का तालिम आयुक्त स्वस्तिका धितालले गरेकी थिइन् । सहायक प्रशिक्षकमा देवघाटधाम जेसीज २०२५ का महासचिव डा. सम्राट अधिकारी रहेका थिए भने कार्यक्रम सञ्चालन महासचिव अर्जुन सुवेदीले गरेका थिए ।

कार्यशालामा कालिका माध्यमिक विद्यालयका ४१ जना विद्यार्थी तथा देवघाटधाम जेसीजका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार कार्यशालाले विद्यार्थीहरूको आत्मविश्वास, सन्चार कौशल र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । कार्यक्रमको स्वागत मन्तव्य देवघाटधाम जेसीज २०२५ का कार्यकारिणी उपाध्यक्ष रक्षा कार्कीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्