प्रहरी उपरीक्षक (एसपी) कार्कीद्वारा निरीक्षण तथा अनुगमन

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ५

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्कीले बुधबार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तथा मातहत प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन गरेका छन् ।

निरीक्षण कार्यक्रम अन्तर्गत एसपी कार्कीले इलाका प्रहरी कार्यालय आँबुखैरेनी, प्रहरी चौकी डुम्रे तथा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिप तनहुँको स्थलगत निरीक्षण गरेका थिए । सो क्रममा उनले कार्यालय भवन, सम्पूर्ण शाखाहरू, प्रहरी ब्यारेक, हिरासत कक्ष, सिमा नाका तथा विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराहरूको अवस्था बारे जानकारी लिए ।

निरीक्षणका क्रममा एसपी कार्कीले कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत अनुशासन, पोशाक तथा व्यवहारसमेत मूल्याङ्कन गरिनुको साथै उन सबैलाई व्यवसायिक, अनुशासित तथा कर्तव्यनिष्ठ भएर कार्य गर्न निर्देशन दिएका थिए ।

साथै उनले त्रुटिरहित सेवा प्रवाह गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनका मूल्य मान्यतालाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए । एसपी कार्कीले प्रहरी सेवाको गुणस्तर अझ प्रभावकारी बनाउन निरन्तर मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै सेवा प्रवाहमा नागरिकको भरोसा जित्ने गरी काम गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता