तनहुँ । भदौ ५
नेकपा एमाले जिल्ला कमिटि तनहुँको पाँचौ पुर्ण बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले एमालेको आसन्न बिधान महाधिवेशनले पार्टीको भावी रणनीति बताउने बताए ।



केही दिन अघिको केन्द्रीय कमिटि बैठकले बिधान महाधिवेशनको सन्दर्भलाई लिएर विभिन्न निर्णय गरेको भन्दै गुरुङले पार्टीमा गुटबन्दीको सिर्जना हुने अवस्थालाई केन्द्रीय समितिले अन्त्य गरेको बताए । उक्त बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देलले पनि विभिन्न विषयमा निर्देशनात्मक मन्तव्य राखेका थिए ।
बैठकले पार्टीको विधान संशोधन गर्नको लागि आगामी भदौ ९ गतेसम्म सुझाव दिन कार्यकर्ताहरुलाई सुझाव दिन आह्वान गरेको छ । बैठकले भदौ ६ गते १० वटै स्थानीय तहमा बैठक गर्ने, भदौ १५ र १६ गते क्षेत्रीय समन्वय कमिटिको बैठक, भदौ ३० र ३१ गते दमौलीमा जिल्ला प्रतिनिधि परिषदको आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त बैठकको सन्चालन जिल्ला सचिव प्रदिपराज अधिकारीले र स्वागत मन्तव्य उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।












