विष्णु मगर । देवघाट, असोज २६
देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्ता समुहको २६ औं साधारणसभा तथा १३ औ अधिवेशन आइतबार सम्पन्न भएको छ ।



उक्त कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले सामुदायिक वनलाइ कृषि क्षेत्रमा परिणत गरि उत्पादन गर्न सके त्यसबाट आम्दानी लिन सकिने बताए । अनुत्पादक क्षेत्रमा लगानी गर्नु भन्दा उत्पादन चिजमा लगानी गर्नु पर्ने थापाले बताए । सस्थामा राजनिती नहेरीकन सक्षम र योग्य व्यक्ति जोकोही भए पनि जिम्मेबारी दिनुपर्ने थापाले बताए ।
सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनको समस्याहरु र हक र अधिकारको विषयमा स्थानिय वन महासंघका अध्यक्ष प्रविण कार्की ढाल भएर उभिएको न्यौपानेले बताए । जब सामुदायिक वनको हक अधिकारको विषय आउँछ त्यसमा स्थानिय वन देखि लिएर केन्द्र सम्मको वन महांसघले भुमिका खेल्ने न्यौपानेले बताए ।
सव–डिभिजन वन कार्यालय देवघाटका वन प्राविधिक दिपक सिलवालले जसरी मधुवन सामुदायिक वनले १३ हजार सामुदायिक वनहरु मध्ये द्वित्तिय स्थान पाउन सफल भयो र देवघाटको ३९ वनहरु मध्य मधुवन सामुदायिक वनले गणेशमान पुरुस्कार ल्याउदा के कारणले ल्यायो र कति सुचक पूरा गरि ल्यायो भन्ने कुराहरु प्रष्ट पार्न सके अरु बनहरुले पनि ती सुचक पूरा गर्न खोज्ने बताए ।
स्थानिय वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीले साधारण सभा भनेको पदिय जिम्मेवारी लिएर कति काम गर्याे भन्ने कुरा मुल्यांकन गर्ने र अबको वर्षमा वनलाइ कुन दिशा तर्फ लाने भन्ने कुरा छलफल गर्ने दिन भएको बताए । सामुदायिक वनहरुलाइ मुद्दा पर्दा स्थानिय वन महासंघले सरंक्षणको लागी ढाल बनि उभिएको र आगामी दिनमा पनि उभिने कार्कीले बताए ।

मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले साधारण सभाबाट नै उपभोक्ताले कमिकमजोरीलाई पहिचान गराउने र आगामी दिनमा वनलाई कुन दिशामा लाने भन्ने कुरा सल्लाह सुझाव दिईने बताए ।
सो कार्यक्रममा सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपानेले सीता सामुदायिक वनमा जडिवुटी घासहरु रोपेको हुँदा चरिचराउ गर्दा सो विरुवाहरु सरंक्षण नहुने भन्दै चरिचराउ पुर्ण रुपमा बन्देज गरिएको र घाँस काट्न हरेक दिन खुला रहेको न्यौपानेले बताए । आफुले यहि वनको लागि रातदिन खटेर यहि वनको लागि केही गरौ भन्ने सोच लिएर अघि बढेको न्यौपानेले बताए ।
सीता सामुदायिक वनका अनुगमन समितिका संयोजक बल बहादुर क्षेत्रीले समय दिन सक्ने काम गर्न सक्ने क्षमता भएको व्यक्ति सस्थामा आउन पर्ने क्षेत्री बताए । सुन्दरशिल टोलबिकास सस्थाका अध्यक्ष दुर्गालाल गुरुङले जसरी मधुवन सामेदायिक वनले नेपालकै उत्कृष्ट वनहरुमा दित्तृय स्थानमा हासिल गरि गणेशमान पुरस्कार पाएको छ, त्यसरी नै सीता सामुदायिक वनले पनि पुरस्कार पाउन पहल गर्नुपर्ने बताए ।
सीता सामुदायिक वनका पुर्व अध्यक्ष विष्णु पौडेलले अहिले समितिले धेरै राम्रो काम गरेको र समितिलाइ उपभोक्तले पनि साथ दिई वन समुहलाई अगाडि बढाउनुपर्ने बताए । उक्त कार्यक्रमको सन्चालन सीता सामुदायिक वनका सचिव ऐलिजा अधिकारी क्षेत्रीले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष राधा खनालले राखेकी थिइन् ।
सो अधिवेशनबाट वन समुहको अध्यक्षमा पुनः भानुभक्त न्यौपाने चयन भएका छन् । त्यस्तै उपाध्यक्ष ऐलिजा अधिकारी क्षेत्री, सचिव युवराज सारु र कोषाध्यक्ष सोम बहादुर घर्ती लगाएत नौ सदस्यिय कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ ।












