सरकारबारे ओलीको टिप्पणी– आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको बताए ।

उनले भने, ‘यो असंवैधानिक सरकार हो, कुन संविधान अनुसार बनेको छ ? अनि आवश्यकताको सिद्धान्तको कुरा गर्ने । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था विघटन गर्ने अधिकार कसले दियो ? क्रान्ति रे, कहाँ भयो क्रान्ति रु प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ। हिंसा अराजकतामा धकेलेको छ ।’  उनले अहिले सिङ्गो देश त्रसित मनस्थितिमा रहेको बताए ।

उनले थपे, ‘यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेका छैनन् । एक प्रतिशत भनेको तीन लाख हो। यो आम जनतालाई सहभागी भएर बनाएको होइन। जनताको घरमा आगो लगाएर बनाइएको हो ।’ ओलीले देशलाई संवैधानिक रिक्तता हुनबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कार्तिक २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१७ पिन्ट रगत संकलन

तनहुँ । कार्तिक १ दमौलीका युवाहरुको सक्रियतामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत

सरकारबारे ओलीको टिप्पणी– आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन

काठमाडौं । कार्तिक १ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड

कालिका माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र शुभकामना कार्यक्रम आयोजना

देवघाट । कार्तिक १ देवघाट गाउँपालिका–५ स्थित कालिका माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

नेपाल विरुद्ध युद्ध घोषणा गरिएको छ, यस्तो बेला सेनापति नफेरौंः भगवती न्यौपाने

काठमाडौं । असोज ३० काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले नेपाल विरुद्ध युद्धको