सभ्य र अनुशासित रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १

जिल्ला प्रशासन कार्यालय तनहुँले सभ्य र अनुशासित रुपमा तिहार र छठ पर्व मनाउन जिल्लाबासीहरुमा अनुरोध गरेका छन् । शुक्रबार सुचना प्रकासन गरि जिल्ला प्रशासनले चाडपर्वहरु प्रचलित परम्परा अनुसार सामाजिक एवम् सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानूनको पालना गर्दै मनाउनुहुन अनुरोध गरेका हो ।

यस्ता चाडपर्वमा कसैको इच्छा, चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानून विपरीतका कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुसीयालीपूर्वक मनाउनका लागि शान्ति सुरक्षा एवम् अमनचयन कायम राख्न जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।

प्रशासनले देउसी भैलो लगायतका साँस्कृतिक कार्यक्रमहरु अनुशासित एवं मर्यादित रुपमा रातको ९ः०० बजेसम्म मात्र सञ्चालन गर्नु÷गराउनुहुन, पटाका आतिशबाजी लगायतका विष्फोटक पदार्थहरुको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्नु नगराउनुहुन, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टावाजी, चिठ्ठा लगायतका कानूनले निषेध गरेका क्रियाकलाप नगर्नु/नगराउनुहुन, सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी नचलाउने, क्षमता भन्दा बढी यात्रु नबोक्ने, तोकिएको भन्दा बढी भाडा नलिने तथा यात्रुलाई कुनै सहयोग आवश्यक परेमा वा कुनै गुनासो भएमा यात्रु सहायता कक्षमा सम्पर्क गर्नुहुन जिल्लाबासीमा अनुरोध गरेको छ ।

दियो बत्ती, मैनबत्ती तथा विद्युतीय उपकरणहरुको प्रयोग सावधानीपूर्वक गर्नुहुन, चाडवाडको समयमा हुन सक्ने चोरी, डकैती तथा लुटपाटको घटना न्यूनीकरण गर्न आ–आफ्नो धन सम्पत्तीको सुरक्षामा विशेष ध्यान दिनुहुन, चाडवाडको समयमा आपूर्ति, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिफोन सँग सम्बन्धित निकायहरुले अत्यावश्यक सेवा सुचारु गर्ने। यसका लागि जिल्लामा उपलब्ध जनशक्ति, स्रोत साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर, सवारी साधन, इन्धन आदि सम्बद्ध निकायले तयारी अवस्थामा राख्न, यदि कहिँ कतैबाट उपरोक्त विपरितका कार्य गरे÷गराएको थाहा भएमा नजिकको सुरक्षा निकाय वा प्रहरी इकाईहरु (फोन न १०० वा ९८५६०६२२५५) मा जानकारी गराउनुहुन पनि अनुरोध गरिएको छ ।

यसैगरि जिल्ला प्रहरी कार्यालयले पनि सुचना प्रकाशित गरि चाडपर्वमा हुने अपराधिक घटना, चोरी डकैती र लुटपाटबाट बच्न सर्वसाधरणमा अनुरोध गरेको छ । प्रहरीले घर बाहिर जानु पर्दा हेरचाहको लागि नजिकैको छिमेकीलाई जानकारी गराउनुहुन, घर तथा टोल सुरक्षाको लागि सिसि क्यामेरा तथा साईरन लगायत सुरक्षाका सामाग्रीहरु जडान गर्न, घर कम्पाउन्डमा गेटमा तालाबन्दी गर्दा चोरी गर्ने व्यक्तिले थाहा पाउने हुँदा तालाको सट्टामा अन्य प्रकृतिका लकिङ्ग सिस्टम जडान गर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि कुराहरु सेवन नगर्न र आफ्ना बालबच्चाहरुलाई पनि सेबन गर्न हुन्न भनी सिकाउन अनुरोध गरेको छ ।

यसैगरि रातको समयमा हुने सक्ने चौरी डकैति लगाएतको अपराधिक क्रियाकलाप रोकथामका लागि घर वरिपरि बिशेष गरि पछाडिको कम्पाउण्डमा बाहिरबाट नदेखिने गरी प्रयाप्त प्रकाशको व्यबस्था गर्न, रातको समयमा कोही कसैले ढोका ढक्ढकायमा मानिसको पहिचान गरेर मात्र ढोका खोल्न, चोरी गरि ल्याएका बहुमुल्य गर–गहना, ल्यापटप, मोबाईल जस्ता बिद्युतिय उपकरणहरु खरिद नगरौ र प्रयोग नगर्न, बहुमुल्य गरगहना र अधिक मात्रमा नगद घरमा नराखी बैंक तथा बित्तय सस्थामा सुरक्षित राख्न, जुवा तास खेल्नु र खेलाउनु दुबै दण्डनिय भएकोले यस प्रकारको गैर–कानुनि क्रियाकलापमा सहभागी नहुन, भिडभाडमा जाँदा बहुमुल्य गर गहना नलगाउनुहोस र अधिक मात्रमा नगद नबोक्न पनि प्रहरीले सर्वसाधरणमा अनुरोध गरेको छ ।

यसैगरि आतिसबाजीको प्रयोगबाट अत्याधिक ध्वनी प्रदुषण र आगालागी हुने सम्भाबना रहेकोले आतिसबाजीको प्रयोग, खरिद बिक्रि नगर्न, होटल व्यबसायीहरुले कानुनले तोकिएको समय सीमा भित्र होटल बन्द गर्न, भाडा बसको व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर, वतन र फोटो सहितको स्थायी बिबरण लिई राख्न, आफु सँग भएका सवारी साधनहरु आफ्नो घर कम्पाउण्ड भित्र आफ्नै निगरानीमा राख्न, कुनै पनि अपराध भईरहेको वा हुन लागेको देखेमा सुनेमा वा कुनै पनि व्यक्तिले संकास्पद व्यबहार गरेमा वा हाल बर्तमान बिसम परिस्थितिका कारण फरार रहेका कैदी बन्दी देखेमा वा कुनै प्रकारको सहायताका लागि नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा ९८५६०९०२९८ वा ९८५६०९०१७८ मा खबर गर्नहुन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

यस सूचना विपरितका कार्य कोही कसैबाट गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने पनि सुचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण