अनेरास्ववियु र युवासंघले दियो बालेन र सुदन विरुद्ध तनहुँमा जाहेरी

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १

नेकपा एमालेको जन संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ तनहुँले गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको र त्यसको नेतृत्व गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङको विरुद्धमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएको छ ।

अनेरास्युवियु र युवा संघले शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा गई आगजनी र तोडफोडमा संलग्न भएको र उक्त कार्यको नेतृत्व गरेको भन्दै साह र गुरुङको विरुद्धमा मुलुकी अपराध संहिता २०७४ को दफा १७७, १७८, २४४, २८५ (अपराधिक उपद्रब) अन्तर्गत जाहेरी दिएका हुन् ।

बालेन साह र सुदन गुरुङको निर्णय र योजनामा भदौ २४ गते जिल्ला भित्रका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय र जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति लगायत सरकारी कार्यालयमा आगजनी गरेको भन्दै साह र गुरुङलाई पक्राउ गरि कानुनी कारवाही गर्न उक्त जाहेरीमा माग गरिएको छ । राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष सुरेन्द्र तामाङ र अनेरास्ववियुका जिल्ला संयोजक आशिष पौडेलले जिल्ला प्रहरी कार्यालयमा सो जाहेरी दिएका हुन् ।

जाहेरी दर्ता गर्नु अघि नेकपा एमाले सम्बद्ध जनसंगठनका कार्यकर्ताहरुले एमाले पार्टी कार्यालयबाट ¥याली सहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत गई बालेन साह र सुदनङ गुरुङलाई कारवाही गर्न ज्ञापनपत्र बुझाएका छन् । ¥यालीमा एमाले कार्यकर्ताहरुले वर्तमान सरकारको विरुद्ध चर्का नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण