एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न जनार्दनको माग

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १५

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका छन् । शनिबार सम्पन्न पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’ एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने उनको निष्कर्ष छ ।

नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका थिए । सचिवालय बैठकमा नेता शर्माले भने ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका थिए । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।

तथापि, कसरी दुवै संगठनलाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् ।

छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका थिए । सो बैठकमा नेता जनार्दन शर्माले भने हतारमा एकता गर्न नहुने मत राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन