नेकपा एस र विप्लवबाट फुटेको समूहसँग एकता गर्ने माओवादीको निर्णय

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १५

नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस तथा नेत्रविक्रम चन्द विप्लव समूहबाट अलग्गिएको चिरण पुन समूहसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको माओवादी महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एस लगायतसँगको एकताका लागि प्राविधिक र संगठनात्मक विषय टुंग्याएको हो ।

प्रवक्ता अग्नि सापकोटाले नेकपा एस लगायतसँग एकता गर्ने निर्णय भएको र त्यसैको अनुमोदनका लागि कात्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।

‘एकता ढिलो गर्दा राष्ट्रिय राजनीतिमा पहलकदमी कम हुने भएकाले तत्काल पार्टी एकता गर्ने निर्णय भएको छ । १७ गते बैठकबाट एकता टुंगो लाग्छ’, उनले भने ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेको छ ।

एससँग पार्टी एकता गर्ने निर्णयप्रति जनार्दन शर्माले फरक मत राखेका छन् । जनार्दनले अराजकता देखाएको आरोप सापकोटाले लगाए ।

‘उहाँले केही लेखेर दिनुभएको छ । अध्यक्ष प्रचण्डले उहाँ (जनार्दन) लाई तपाईं बस्नुस्, छलफल गर्नुस् भन्नुभयो । तर उहाँको कुरा जनवादी छैन, उहाँको तरिका अराजक छ’ सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता