देवघाट कलेजमा मंसिर पहिलो साताबाट पढाई सुरु हुने

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक १६

देवघाट गाउँपालिका–५ मा स्थापित देवघाट गाउँपालिकाकै पहिलो सामुदायिक कलेज देवघाट कलेजमा मंसिर पहिलो साताबाट पढाई सन्चालन हुने भएको छ । कार्तिक महिना भित्र विद्यार्थी भर्ना लिईसक्ने र मंसिर पहिलो साताबाट पढाई सन्चालन हुने देवघाट कलेजका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

देवघाट कलेजको आईतबार त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकायका डिन प्रा.डा महानन्द चालिसे र लेखा अधिकृत बसन्त कुमार श्रेष्ठले अनुगमन गरेका थिए । उनीहरुले कलेजको भौतिक पुर्वाधार र अन्य अवस्थाको बारेमा स्थलगत अनुगमन गरेका थिए । अनुगमन पछि डिन प्रा.डा चालिसेले देवघाट कलेज अव पढाई सन्चालन गर्न योग्य भएको बताएका थिए ।

कलेज सन्चालन समितिको दिनरातको मेहनेत र स्थानीय बासिन्दाको आर्थिक सहयोगमा कलेज सन्चालन हुन सक्षम भएको अध्यक्ष श्रेष्ठले बताए । ‘दिन रात गरेको मेहेनत अब पूरा भयो’ अध्यक्ष श्रेष्ठले खुसि व्यक्त गर्दै भने ‘अबको समयमा कोही पनि व्यक्ति आर्थिक अभावको कारणले शिक्षा बाट वञ्चित हुन हुँदैन ।’ कक्षा १२ सम्म जुनसुकै विषय लिएर पढेपनि स्नातकमा व्यवस्थापन विषय पढ्न पाइने अध्यक्ष श्रेष्ठले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट कलेजको लागि आगामी दिनमा गाउँपालिकाले बजेट छुट्याउने बताए । उक्त अवसरमा देवघाट कलेज व्यवस्थापन समितिका उपाध्यक्ष केशवचन्द्र न्यौपाने, सदस्य एवं कालिका माविका प्रअ शरदचन्द्र खनाल, देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष यालबहादुर गुरुङ, स्थानीय प्रसन्न ढकाल, डिल्लीराम गिरी, शिव अधिकारी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण