प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिन एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १५

प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिने उद्देश्यले नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि भन्दै एमालेले वडादेखि केन्द्रसम्म जनपरिचालन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा बसेको एमाले सचिवालय बैठकले जनपरिचालनको निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार कात्तिक २१ गते देशका ६ हजार ७ सय ४३ वडामा जनभेला र कात्तिक २५ गते पालिकाहरूमा प्रदर्शन गरिने छ ।

यस्तै कात्तिक २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

एमाले केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनमत सृजना गर्न जनभेला गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।

भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीले गरेको प्रतिनिधिसभा विघटनलाई एमालेले गैरसंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका