आँबुखैरेनीमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ४

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब निरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।

बुधबार बोलेरो दुर्घटनामा परी घाइते हुनुभएको श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको उनले जानकारी दिए । छिम्केश्वरी धार्मिक पर्यटकीय क्षेत्रबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले अचानक नियन्त्रण गुमाउँदा गाडी सडकबाट तल पल्टिएका कारण दुर्घटना भएको सूचना अधिकारी बिकले बताए । उनका अनुसार बोलेरोमा सवार ११ जनामध्ये पाँच जना सकुशल छन् ।

घाइते हुनेमा चितवन ईच्छाकामना–२ की २० वर्षीया दोमाया गुरुङ, सोही स्थानका २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ तथा कालिका नगरपालिका–८ की ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् । घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय