बन्दीपुरमा मंसिर १० देखि २१ गतेसम्म छैठौं बन्दीपुर महोत्सव हुने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ६

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा आगामी मंसिर १० गतेदेखि २१ गतेसम्म छैठौं बन्दीपुर महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा यसबारे महोत्सबबारे जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्यायले महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरले बोकेको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई दीर्घकालीन रूपमा प्रवद्र्धन गर्ने लक्ष्यअनुसार महोत्सवले थप गति प्रदान गर्ने बताए । अध्यक्ष थापाका अनुसार महोत्सवले स्थानीय उद्यमशीलता, पर्यटन व्यवसाय, कृषि तथा हस्तकलालाई एकैसाथ जोडेर बन्दीपुरलाई अझ आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नेछ ।

होटल संघ बन्दीपुर बजार इकाइ, बन्दीपुर भ्रमण वर्ष अभियान, रेवान तथा स्थानीय सामाजिक संस्थाहरूको सक्रिय सहभागितामा बन्दीपुर महोत्सव आयोजना हुँदैछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा हस्तकला प्रदर्शनी, परम्परागत खानाका परिकार, खेलकुद, मनोरञ्जनात्मक प्रस्तुति लगायतका आकर्षक गतिविधिहरू रहनेछन् ।

पर्यटन व्यवसायीका अनुसार बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स र जर्मनीबाट विदेशी पर्यटक बड़ी संख्यामा आउने गरेका छन् । यहाँको सुहावनो हावापानी, परम्परागत नेवारी शैलीका पुराना घर, सांस्कृतिक रीतिरिवाज र शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर तथा डुम्रेबाट ८ किलोमिटरको उकालो यात्रा पार गरेपछि पुगिने बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

बन्दीपुरमा ७७ वटा साना–ठूला होटल सञ्चालनमा छन्, जसले पर्यटकलाई आवश्यक सबै सेवा सुविधा प्रदान गर्दै आएका छन् । ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायतका होटलले बन्दीपुरको आतिथ्य सेवामा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्। यस्तै, भक्तपुर शैलीमा निर्मित पुराना घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनाखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर तथा पर्यटन सूचना केन्द्र यहाँका प्रमुख आकर्षण स्थल हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय