दुई मोटरसाईकल ठक्कर खाँदा दुई जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ६

व्यास नपा–१२ को आर्कीडाडा स्थित घासिँकुवा–नाम्रुङ भित्री सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । मैबलबाट घासिँकुवा तर्फ जाँदै गरेको ग १९ प १२७८ नम्बरको १ जना सवार मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको ग ११ प ८८३१ नम्बरको १ जना सवार मोटरसाईकल अनियन्त्रित भई एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा ग ११ प ८८३१ नम्बरको मोटरसाईकलका चालक भानु नपा–५ मैबल बस्ने बर्ष १८ को प्रेन्स अधिकारी र ग १९ प १२७८ नम्बरको मोटरसाईकलका चालक सोही ठाउँ बास्ने बर्ष २८ को सन्दिप खत्री रहेका छन् ।

घाइते मध्ये अधिकारीको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरि थप उपचारकोलागि चितवन पठाईएको छ भने खत्रीको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय