देवघाटमा माघमा हुने भनिएको लक्ष चण्डी विराट महायज्ञ एक वर्ष पछि हुने

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर १०

देवघाटधाममा माघ १८ गतदेखी फागुन १७ गतेसम्म हुने भनिएको ऐतिहाँसिक लक्ष चण्डी विराट महायज्ञको मिति परिवर्तन भएको छ । पछिल्लो समय देशमा विकसित राजनीतिक परिस्थिति एवं २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन समेत तोकिएको परिप्रेक्ष्यमा उक्त महायज्ञ हाललाई स्थगित भएको गलेश्वर आश्रम देवघाटले जनाएको छ ।

देशमा विकसित घटनाक्रमको कारण उक्त विराट महायज्ञ अर्को मितिमा गर्नु उपयुक्त हुने सुझाव भक्तजन, शुभेच्छुकहरू र स्थानीय प्रशासनबाट समेत प्राप्त भएकोले सोको सम्मान गर्दै प्रस्तावित लक्षचण्डी विराट् महायज्ञ २०८३ माघ १ गतेदेखि फागुण ८ गतेसम्म हुने गरी मिति परिवर्तन गरिएको व्यहोरा गलेश्वर आश्रम देवघाटधामका पिठाधिश एवं अध्यक्ष महामण्डलेश्वर स्वामी आत्मनन्द गिरीजी महाराजले जानकारी दिए ।

पवित्र धार्मिक तिर्थस्थल देवघाटमा गलेश्वर आश्रमले नेपालमै पहिलो पटक ऐतिहाँसिक लक्षचण्डी विराट् महायज्ञको आयोजना गरेको थियो । गलेश्वर आश्रमको शतवार्षिकोत्सवको अवसरमा राष्ट्रशान्ति, समृद्धि, आत्मकल्याण, राष्ट्रवासीको सर्वाङ्गिण हित एवं विश्वबन्धुत्वको भावना जागरणका लागि पवित्र देवभूमि देवघाटधाममा लक्षचण्डी विराट् महायज्ञ गर्ने तयारी गरेको थियो । आगामी वर्ष हुने महायज्ञमा पनि सबैको साथ र सहयोग प्राप्त हुने विश्वास गलेश्वर आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय