तमु ल्होसारको अवसरमा देवघाटमा शुभकामना तथा खेलकुँद कार्यक्रम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस १५

तमु ल्होसारको अवसरमा तमु ह्युला छोज धीँ गुरुङ राष्ट्रिय परिषद देवघाट गाउँ समिति एकाई देवघाट गुरुङ (तमु ) समाज देवघाटको सयुंक्त आयोजनामा गुरुङहरुको (तमु) नयाँ वर्ष तमु ल्होसारमा शुभकामना आदानप्रदान तथा पराम्परागत खेलकुद सहित बृहत् सास्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले हरेक जातजातिले आफ्नो मौलिकताको सरंक्षण गर्नका लागि पछिल्लो समयमा सक्रिय भएको बताए । अन्तर्राष्ट्रिय स्तरमा पनि आदिवासि जनजातिले सक्रिय भुमिका खेल्दै आएको अध्यक्ष थापाले बताए । देवघाट गाउँपालिका जनप्रतिनिधिहरु पनि गुरुङ समुदायबाट बढी रहेको र हरेक क्षेत्रमा पनि गुरुङ समुदायहरु अग्रपङ्तिमा रहेको थापाले बताए ।

सो कार्यक्रममा नेपाल मगर संघ देवघाट गाउँ कमिटिका अध्यक्ष खड्क पामी आलेले नाच्न र गाउन मात्र नभईकन आफ्नो संस्कार संस्कृती भेष भुषा भाषा र लिपिलाई पनि प्राथमिकता दिन पर्ने बताए । आफूले देवघाटमा पनि मगर भाषाको लिपि सिकाउने आलेले बताए ।

सो कार्यक्रम देवघाट वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले पछिल्लो समयमा सस्कार सस्कृति भेष भुषा भाषा लोप हुँदै गएको र यसलाई सरंक्षण गर्नको लागी सबै गुरुङ समुदाय एकजुट हुन पर्ने बताए । देवघाट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले आफ्नो मौलिक भेषभुषा सस्कार सस्कृति भाषा साहित्य सरंक्षण गर्दै जान पर्ने बताए ।

 

देवघाट गुरुङ समाजका अध्यक्ष नर बहादुर गुरुङले गुरुङ समाजको संस्कार संस्कृति, भेषभुषा, भाषाहरुलाई जोगाउन पर्ने गुरुङले बताए । गुरुङ समुदायका कार्यक्रमहरु वडादेखि पालिका सम्म गर्दै आएको गुरुङले बताए । देवपुर टोलविकासका अध्यक्ष सुकु गुरुङले आफ्नो कला सस्कृति, भेषभुषा, भाषा जोगाउनको लागि सबै गोलबन्द भई अगाडि बढ्नुपर्ने बताए । आगामी दिनमा आफ्नो पहिचान बचाउन विभिन्न कार्यक्रम गर्नुपर्ने गुरुङले बताए ।

सो अवसरमा मौलिक परम्परागत खेलकुँद खेलाएको खेलमा दौड प्रतियोगितामा पुरुष तर्फ ७ जना र महिला तर्फ ३ जना सहभागी रहेको थियो । पुरुष तर्फ प्रथम मनिष गुरुङ, द्वत्तिय प्रमोद गुरुङ, तृतिय विपिन गुरुङ चौथो समीर गुरुङ भएको थिए । त्यस्तै महिला तर्फ प्रथम मनिषा गुरुङ, द्वत्तिय भिमा गुरुङ र तृतीय रोशी गुरुङलाई सम्मान गरेको थियो भने । छेलो फाल्ने खेलमा पुरुष तर्फ शुसान्त गुरुङ भएका थिए ।

कार्यक्रम तमु ह्युला छोज धीं गुरुङ राष्ट्रिय परिषद देवघाट समितिका अध्यक्ष भुवन सि गुरुङको अध्यक्षतमा भएको थियो । सो कार्यक्रममा राष्ट्रिय कलाकार चन्द्रा तमु, सुमित्रा तमु, आश्रम तमु, देवी तमु, रन्जिता थापाको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू