नेपाली काँग्रेस उम्मेदवार भट्टराईलाई छापडाँडामा आमा समुहको सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १९

व्यास नपा–१३ को छापडाडाँकुकुरढुङ्गेमा सोमबार नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई त्यहाँको आमा समुहले सम्मान गरेको छ । मतदाता भेटघाटकोलागि व्यास नपा १४ को केशवटार जाँदै गरेका भट्टराईलाई रोकी छापडाडाँकुकुरढुङ्गे कृषक महिला समूहले सम्मान गरेको हो ।

भट्टराईको पहमा छापडाडाँकुकुरढुङ्गे कृषक महिला समूहको भवन निर्माणकोलागि संघीय सरकारबाट बजेट बिनियोजन गराएको भन्दै आमा समुहले भट्टराईलाई सम्मान गरेका थिए । विपन्न भुजेल, दलित एवम् जनजाति समूदायको बाहुल्यता रहेको व्यास नगरपालिका वडा नम्बर १३ मा अवस्थित छापडाडाँकुकुरढुङ्गे कृषक महिला समूहको माग बमोजिम उपनिर्वाचनको क्रममा भट्टराईले भवनको लागि बजेट बिनियोजन गराउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार उक्त कृषक आमा समुहकोलागि भट्टराईले संघीय सरकारबाट बजेट समेत बिनियोजन गराई भवन निर्माण गरिएको थियो । उक्त भवनको भट्टराईले नै गत वर्ष उद्घाटन समेत गरेका थिए ।

‘समुहको लागि भवन अतिआवश्य भएर उपनिर्वाचनमा आउनु हुँदा भवन माग गरेका थियौं’ आमा समूहकी एक सदस्यले भनिन् ‘भवन माग गरेको र उपनिर्वाचन पश्चात् भवन पार्दिएर गुन लगाउनु भएको विकासप्रेमी गोविन्द भट्टराइलाई आज सम्मान गर्न पायौं ।’

सोही क्रममा भट्टराईकै पहलमा निर्माण भैइरहेको वृहत् झाक्रींथान खानेपानी योजनामा थप बजेट माग लगायत अन्य विकास योजना माग गरिएको कुकुरढुङ्गेका युवा सागर पाण्डेले बताए । भट्टराईले छापडाँडा कुकुरढुङ्गेको विकास तथा योगदाको लागि आफुहरु सँधै ऋणी हुने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन