तनहुँ । माघ २१
ऋषिङ गाउँपालिका–३ दाङश्री स्थित भित्री सडक खण्डमा मंगलबार साँझ ट्याक्टरबाट खस्दा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २३ बर्षिय पुर्णबहादुर थापा रहेका छन् ।



मधुबन कालिगण्डकी किनारबाट बालुवा लोड गरी वडा नम्बर ३ को काफलडाँडा तर्फ जादै गरेको ग.१ त. ६२९४ नम्बरको ट्राक्टरबाट खसेर गम्भिर घाइते भएका थापाको उपचारकोलागि रत्नहरि अस्पताल दमौलीमा ल्याईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरबाट खस्दा थापाको छाती र खुट्टामा चोटमा गहिरो चोट लागेको थियो । शवको दमौली अस्पतालमा पोष्टमार्टम गरियो । ट्राक्टर धनी र र चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।












