व्यास १३ मा नगरप्रमुखसँग ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम

Devghat Online

शेयर गरौ

इश्वर बास्तोला । तनहुँ, माघ २१

व्यास नगरपालिका वडा नम्बर १३ बेनीकोटमा ‘नगरप्रमुखसँग ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरदैलो कार्यक्रम’ सम्पन्न भएको छ । व्यास नगरपालिकाको समन्वय तथा पोखरी भञ्ज्याङ स्वास्थ्य चौकीको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका र उमेरका कारण स्वास्थ्य चौकीसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर सेवा प्रदान गरिएको थियो ।

कार्यक्रममा पोखरी भञ्ज्याङ स्वास्थ्य चौकीकी अहेव दुमाया राना र मन्जु तामाङले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । उनीहरुका अनुसार हाल वडाका विभिन्न टोल–बस्तीहरूमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा सचेतना कार्यक्रम समेत गरिएको थियो । विशेष गरी रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) जस्ता समस्याहरूको जाँच गरी आवश्यक परामर्श दिइएको अहेव रानाले बताइन् ।

आफ्नै घरआँगनमा स्वास्थ्य सेवा पाएपछि बेनीकोटका बासिन्दाहरू निकै खुसी देखिएका छन् । वडा सदस्य नर बहादुर थापाले गाउँमै पुगेर प्रेसर र सुगर जस्ता रोगको जाँचबुझ गर्न पाउँदा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण दुवैमा सकारात्मक ऊर्जा थपिएको बताए । यस्तै स्वास्थ्य परीक्षण गराउनुभएकी ७० वर्षीया स्थानीय मीनमाया थापाले भनिन् ‘घरमै आएर जाँच गरिदिनुभयो, मेरो स्वास्थ्य अवस्था सामान्य रहेको थाहा पाउँदा निकै खुसी लागेको छ ।’

नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान र उनीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न यो अभियान चलाएको हो । टोल–टोलमा पुगेर सञ्चालन गरिएको यस कार्यक्रमबाट विशेष गरी हिँडडुल गर्न नसक्ने वृद्धवृद्धाहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो