ठुला दलका उम्मेदवारलाई चुनौती दिँदै राप्रपाका जोशी

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

राष्ट्रिय प्रजातन्त्र पार्टीको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार अभिषेक जोशीलाई अहिले ठुला दलका उम्मेदवारदलाई चुनौती दिने उम्मेदवारको रुपमा जिल्लामा चर्चा गरिएको छ । जोशीको हिन्दु धर्म र राजसंस्थाको नारालाई धेरैले रुचाएका छन् । उनले चुनावको प्रचारसँगै हिन्दु धर्मको पवित्र ग्रन्थ श्रीमद्भागवतगीता समेत वितरण गरिरहेका छन् । भागवतगीता वितरणका अभियन्ता समेत रहेका जोशीले चुनावी अभियानसँगै गीता वितरण कार्यलाई समेत अगाडी बढाईरहेका छन् ।

उनले एक लाख घरमा भागवतगीता पु¥याउने आफ्नो लक्ष्य रहेकोमा अहिले अकस्मात चुनावको घोषणा भएपछि त्यो अभियान अवरुद्ध भएको बताए । तरपनि चुनावी प्रचारसँगै तनहुँका मतदाता समक्ष भागवत गीता पनि पु¥याईरहेको उनले बताए । जोशी हिन्दु धर्मका अभियन्ता हुन् ।

कन्चनपुर जिल्ला घर भएका जोशीले तनहुँ क्षेत्र नम्बर १ देवताहरुको जमघट हुने स्थान देवघाट, भागवत गीताका रचनाकार महर्षी वेदव्यासको जन्मस्थल दमौली, व्यासकी आमा छाब्दी बाराही लगायत महत्वपुर्ण भुमी रहेकोले यही निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न आएको बताए । उनले यस धार्मिक क्षेत्रको प्रचार प्रसार र यस क्षेत्रको महत्वलाई विश्वमाझ चिनाई धर्म संस्कृतीको माध्यमबाट समृद्ध बनाउने आफ्नो उद्देश्य रहेको बताए ।

मुक्तीनाथमा वर्षेनी लाखौं भारतीय पर्यटक जाने गरेपनि आदिप्रयागको रुपमा लिईने देवघाटधाम र महर्षी व्यासको जन्ममुभीमा ति पर्यटकलाई लैजान नसकिईरहेको अवस्थामा आफुले यस क्षेत्रको महत्व र गरिमालाई विश्वमाझ पु¥याई यहाँको कला, धर्म र संस्कृतीको प्रचार प्रसार र सम्बद्र्धन गरि आर्थिक समृद्धीको लागि काम गर्ने जोशीले बताए ।

धर्म र संस्कृती नाश हुँदै जाँदा देशको अस्तित्व पनि संकटमा पर्दै जाने हुँदा आफुले धर्म र संस्कृतीको रक्षाकोलागि देवभुमी तनहुँबाट उम्मेदवारी दिएको जोशीले बताए । राजसंस्थाको अन्त्य गरेपछि धर्म र संस्कृतीमाथी पनि अतिक्रमण हुँदै गएको हुँदा राजसंस्थाको पुनस्थापना गरि नेपाललाई सनातन धर्मको मुलुक बनाउने आफ्नो उद्देश्य रहेको र तनहुँका जनताले आफ्ने उद्देश्यलाई अनुमोदन गर्ने विश्वास लिएको जोशीले बताए ।

हिन्दु धर्मको अभियन्ता समेत रहेका जोशीले तनहुँ जिल्ला देवघाट जस्तो पवित्र देवभुमी रहेको, महर्षी वेदव्यासको जन्मस्थान रहेको तथा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान रहेको कारणले पनि यो ठाउँको गरिमा जोगाउन उम्मेदवार बनेको बताए । तनहुँको निर्वाचन क्षेत्रबाट हिन्दु विरोधीले चुनाव जित्न नहुने मान्यतामा उनी छन् । सोही कारण पनि जोशी सनातन धर्मको रक्षाकोलागि आफु चुनावी मैदानमा आएको बताए ।

जोशीको चुनावी अभियानमा हिन्दुबादीहरु र राजसंस्था मनपराउने व्यक्तिहरुले खुलेर साथ दिएका छन् । काँग्रेस, एमाले, रास्वपाका नेता तथा कार्यकर्ताहरुले समेत राप्रपाका जोशीलाई चुनौती देख्न थालेका छन् । जोशीकै कारण राप्रपाले तनहुँमा उल्लेख्य मत पाउने स्थिती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण