देवघाट ४ खानेपानी तथा सरसफाई संस्थाको चौथौ अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन ११

देवघाट गाउँपालिका–५ स्थित देवघाट ४ खानेपानी तथा सरसफाई (बगन्दी खानेपानी) उपभोक्ता संस्थाको चौंथो अधिवेशन एवं एघारौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

उक्त साधारणसभाको देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवरले उद्घाटन गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष कुँवरले अबको समयमा खानेपानीको स्रोत पहिचान गरेर त्यसलाइ बजेट विनियोजन गरि जनतालाइ पानी प्रशस्त मात्रामा दिन पर्ने कुवरले बताए । शुद्ध पानी पिउन पाउनु उपभोक्ताको अधिकार भएको भन्दै कुवँरले उपभोक्ता समितिहरुले पनि शुद्ध पानी उपलब्ध गराउनुपर्ने बताए ।

देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णु अधिकारीले बगन्दीबाट देवघाटसम्म खानेपानी ल्याउन धेरै नै दुख र संघर्ष गर्नुपरेको बताए । बगन्दी बसेनीमा बाटो खन्ने क्रममा त्यहाँको माटो मुहानमा आउदा पानीमा फोहोर आएको र त्यस समयमा मुहान परिवर्तन गरि उपभोक्तालाई सफा पानी वितरण गरेको अधिकारीले बताए । बोरिङ खनेर भन्दा मुहानको स्रोत खोजेर पानि वितरण गर्न सस्तो पर्ने हुदा मुहान खोज्न प्राथमिकता दिनुपर्ने अधिकारीले बताए । अध्यक्ष अधिकारीले हाल उपभोक्ता समिति अन्तर्गत ८ सय जना उपभोक्ता रहेको जानकारी दिए ।

अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त अधिवेशनले सन्त बहादुर ल्हायोको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शेर बहादुर थापा, सचिवमा डिलबहादुर गुरुङ, कोषाध्यक्षमा इन्द्रा थापा मगर चयन भएका छन् । यसैगरि सदस्य अनोद पोख्रेल, सोमनाथ ढकाल, हर्क बहादुर थापा, सन्दिप रिमाल, पार्वती चितौरे, कमला देवकोटा, ठाकुरी कुमारी काफ्ले, हरिकला गौतम र ढक बहादुर कुवँर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय