देवघाट, चैत ५
हिन्दुहरुको महानपर्व चैतेदशै अबसरमा देवघाटमा खुल्ला पुरुष तथा महिला प्रतियोगिता हुने भएको छ । देवघाट कालिका मन्दिरले गत वर्ष झै यसपालि पनि चैतेदशैको अबसरमा राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद भन्ने नाराका सहित खेलकुद प्रतियोगीता आयोजना गरिएको कार्यक्रमको आर्थिक संयोजक अमर थापा मगरले बताए ।



गत वर्षमा पनि प्रतियोगिता गरि त्यस प्रतियोगिताबाट बचेको रकमले मन्दिर परिसर भित्र महिला र पुरुष शौचालय र खानेपानी धारा जडान गरिएको मगरले बताए । यसवर्ष आयोजना हुने प्रतियोगिता बाट बचत भएको रकमले मन्दिरमा रेलिङ हालिने मगरले बताए । चैत १२ गतेबाट हुने सो कार्यक्रममा खुल्ला पुरुष भलिवल, महिला भलिवल, डोरी तान्ने र ३५ वर्ष माथिका उमेरको भेट्रान भलिवल ३५ प्रतियोगिता हुने मगरले बताए ।
खुल्ला पुरुष भलिवलको लागि टिम दर्ता शुल्क शुल्क रु. पाँच हजार, महिला भलिवलको लागि टिम दर्ता शुल्क छ सय तथा डोरी तान्ने खेल तर्फ भने टिम दर्ता निशुल्क हुने मगरले बताए ।
पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरुस्कार रु. ५० हजार र द्वित्तिय पुरस्कार रु.२५ हजार तथा महिला भलिवलको प्रमथम पुरस्कार रु.१५ हजार र दोश्रो पुरस्कार रु. सात हजार रहेको छ । त्यस्तै डोरी तान्ने खेल तर्फ प्रथम पुरुस्कार रु.दुई हजार र दोश्रो पुरस्कार रु. एक हजार रहेको छ ।
३५ वर्ष माथिको भेट्रान खुल्ला भलिवल तर्फ भने प्रथम पुरस्कार कुखुराको भाले रहेको छ ।












