बन्दीपुर केवलकार सन्चालन हुने समय परिवर्तन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ९

बन्दीपुर केवलकार सन्चालन हुने समय परिवर्तन भएको छ । बन्दीपुरहिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकार सेवाको सञ्चालन पूर्व निर्धारित समय विहान ७ः३० बजेदेखि साँझ ६ः१५ बजेसम्म रहेकोमा, हाल संशोधन गरि अद्यावधिक कार्यतालिका अनुसार केबलकार सेवा मंगलबारदेखी लागू हुने गरि दैनिक विहान ७ः३० बजे देखि साँझ ६ः४५ बजे सम्म सञ्चालनमा रहने जनाईएको छ ।

यससँग सम्बन्धित अन्य सेवाहरू अन्तर्गत ड्राइभ इन रेस्टुरेन्टको सेवा साँझ ९ः०० बजे सम्म उपलब्ध रहने व्यवस्था गरिएकोले सम्बन्धित सम्पूर्ण यात्रु, पर्यटक, शेयरधनी तथा सर्वसाधारण महानुभावहरूमा बन्दीपुर केवलकारले सुचित गरेको छ ।

सेवाको गुणस्तर, यात्रुहरूको सुविधा तथा सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकिएको समयसीमाभित्र सेवा उपभोग गर्न सम्पूर्ण महानुभावहरूलाई बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले