महेन्द्र ज्योति माविको बौद्धिक अपाङ्गता स्रोत कक्षाको अनुगमन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ९

व्यास नपा–६, सिसाघाट स्थित महेन्द्र ज्योति माविमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षाको सोमबार लेखाजोखा संयोजक ईश्वर बास्तोलाको नेतृत्वमा स्थलगत अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरूको सिकाइ प्रक्रिया, उनीहरूको दैनिक खानपान (दिवा खाजा), स्वास्थ्य अवस्था र विद्यालयको भौतिक पूर्वाधारको वस्तुस्थिति बारे विस्तृत जानकारी लिइएको थियो । अनुगमनको क्रममा विद्यालयले सीमित स्रोत र साधनका बावजुद पनि बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई प्रदान गरिरहेको सेवा र स्नेही वातावरणको प्रशंसनीय रहेको वास्तोलाले बताए ।

अनुगमनका क्रममा विद्यालयले कक्षाकोठालाई अपाङ्गता मैत्री बनाउने प्रयास गरेको र विद्यार्थीहरूलाई खेलकुद तथा प्रयोगात्मक विधिबाट सिकाउने कार्य गरिरहेको पाइएको छ । यद्यपि, विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि थप आधुनिक शैक्षिक सामग्री र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता अनुगमनको क्रममा औंल्याएको छ ।

सो अनुगमन कार्यक्रममा विद्यालयका प्रअ हरिराज काफ्ले, शिक्षकहरू बुद्धि कुमार बिक र शिव प्रसाद ढुङ्गाना, अपाङ्ग महासंघ गण्डकी प्रदेशकी सदस्य संगीता शर्मा तथा आया साधना श्रेष्ठ लगायतका ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सहभागीहरूले स्रोत कक्षालाई अझै व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय सरकार, सामाजिक संघसंस्था र दाताहरूको थप समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिए । विद्यालय प्रशासनले प्राप्त सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा सेवाको गुणस्तर अझ सुधार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो