तनहुँ–१ का सांसद वाग्लेले किने तनहुँमा घरजग्गा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १०

रास्वपाका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले तनहुँमा घरजग्गा खरिद गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा बिजयी भएपश्चात वाग्लेले बन्दीपुर गाउँपालिका वडा नम्बर ४ को टुँडिखेल नजिकै घर खरिद गरेका हुन् ।

वाग्लेले बन्दीपुर गाउँपालिका–४ स्थित कित्ता नं. ३४९ (ख) मा रहेको ०–३–३–० क्षेत्रफलमा बनेको पक्की घर दुई करोड मूल्यमा खरिद गरेका हुन् । बैंकको लिलाम प्रक्रियामा जान लागेको उक्त घर वाग्लेले खरिद गरेको बताईएको छ । निर्वाचन अघि बैना भएको उक्त घर वाग्लेले सोमबार जिल्ला मालपोत कार्यालय तनहुँमा आएर आफ्नो नाममा राजिनामा पास गरेका हुन् ।

सहिल लखन थापा गाउँपालिका गोरखाका स्थायी बासिन्दा रहेका वाग्ले २०८० को उपनिर्वाचनमा लड्न तनहुँ आएपछि उनलाई टुरिष्टको आरोप लागेको थियो । उपनिर्वाचनमा बिजयी भएपछि पनि तनहुँ नआएको आरोप लागेका वाग्ले गत प्रतिनिधि सभाको निर्वाचनमा ३८ हजार ४० मत प्राप्त गरि बिजयी भएका थिए ।

अव तनहुँबाट निरन्तर राजनीति गर्ने उद्देश्यले वाग्लेले घर खरिद गरेको रास्वापाका एक नेताले बताए । घर खरिदसँगै वाग्लेललाई लाग्दै आएको टुरिष्ट उम्मेदबारको आरोप भने खारेज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय