एमाले तनहुँको जिल्ला भेला, नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग बेमौसमी बाजा भएको ठहर

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २५

नेकपा (एमाले) तनहुँको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला बुधबार दमौलीमा सम्पन्न भयो । उक्त भेलाको नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले उद्घाटन गरेका थिए । सो भेलामा केन्द्रीय सदस्यहरु, जिल्लाका पदाधिकारीहरु, पालिका कमिटिका प्रमुखहरुले धारणा राखेका थिए ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हारपछि पहिलोपटक भएको एमालेको जिल्ला स्तरीय भेलाले निर्वाचनमा पार्टीको हारपछि निर्वाचनको कमजोरीको सुक्ष्मरुपमा समिक्षा हुने अपेक्षा गरिएको थियो । तर भेलामा निर्वाचनको हारको समिक्षा भने भएन । सामान्य रिर्पाेटिङ र नेताहरुको निर्देशनमा भेला सकिएको थियो ।

भेलाले ६ बुँदे प्रस्तावहरु पारित गरेको थियो । पारित प्रस्तावमा पार्टीको हारको समिक्षा गर्दै आगामी दिनमा पार्टीलाई उठाउने विषयमा कुनै प्रस्ताव भने पेश भएन । पारित प्रस्तावमा नेकपा एमाले समकालिन राष्ट्रिय राजनितीमा सर्वाधिक देशभक्त, लोकतान्त्रिक, प्रगतिशिल तथा गणतन्त्रवादी कम्युनिष्ट पार्टी भएको दाबी गरिएको छ । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय गन्तव्य आत्मासात गर्दे सरकारको नेतृत्व गर्दे आएको अवस्थामा २०८२ भाद्र २३ र २४ गतेको षडयन्त्रमुलक घटना घटाएर फाल्गुण २१ को नाटकीय चुनावपछि गठित वालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिशोधपूर्ण र ग्रैह कानुनी रुपमा नेकपा (एमाले) को अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई यही चैत्र १४ गते अमानविय शैलीमा गिरफतार गरि हिरासतमा राखको कार्यप्रसित घोर निन्दा र भत्र्सना गर्दे वहाँहरुको तत्काल रिहाईको माग गरेको छ ।

त्यस्तै ओली र लेखकको रिहाईको माग गर्दै भएको शान्तिपुर्ण विरोध कार्यक्रमहरुमा सरकारले चलाएको यस प्रकारको राज्य आतंक वन्द गर्न माग गर्दै भेलाले अन्यथा जनता प्रतिवादमा उत्रने त्यसवाट सिर्जित घटनाको जिम्मेवार स्वयं सरकार हुने चेतावनी प्रकट दिएको छ । साथै प्रहरीको दमनमा परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्य उपचारको माग गरिएको छ ।

भेलाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी पाश्चात पार्टी पङक्ती भित्रका केही नेता कार्यकर्तावाट नेतृत्व परिवर्तन, विशेष महाधिवेशनको चर्चा, चलाईनु वेमौसमी वाजा वजाउनु भएको ठहर गरेको छ । पार्टीको आन्तरिक जीवनलाई पार्टी विधान, पद्धती र संगठनात्मक सिद्धान्त अन्तरगत व्यवस्थित गर्ने भन्दै पार्टीमाथी आन्तरिक तथा वाह्य आक्रमण भएको बेला पार्टी जीवनलाई थप अराजकता तर्फ नलागी पार्टीको विधि विधान र पद्धतीसंगत ढंङ्गले एकतावद्ध रहन र पार्टी नेतृत्व विरुद्ध फैलाईएको भ्रमको एकतावद्ध भई निष्कृय पार्न अनुरोध गरेको छ ।
विभिन्न वहानामा वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले पेट्रोलियम पदार्थ लगायत जनताको दैनिक उपभोग्य वस्तुमा गरेको आकासिदो मुल्य वृद्धि प्रति घोर आपत्ति एवं विरोध जनाउँदै भेलाले सरकारले यथासिघ्र वैकल्पिक उपाय अवलम्वन गरी जनतालाई तत्काल राहत पुग्ने खालको प्रवन्ध मिलाउन माग गरेको छ ।

त्यस्तै संयुक्त राज्य अमेरीकाले सार्वभौम सत्ता सम्पन्न मुलुकहरु ईरान, भेनुजुयला लगायत अन्य देशहरुको आन्तरिक मामिलामा नाङगो हस्तक्षेप, आक्रमण, हत्या हिंसा सम्मका हर्कतहरु गरेको भन्दै उक्त अमानवीय हर्कतको निन्दा र भत्र्सना गर्दै भेलाले खाडी क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका कतिपय नेपाली समेत यो घटनावाट पिडित भएको देखिएको जनाएको छ । यस्ता साम्राज्यवादी र हस्तक्षेपकारी क्रियाकलाप बन्द गर्न र संयूक्त राष्ट्रसंघ र विश्व समुदाय सँग माफी माग्न समेत सचेत गराईएको छ ।

खाडीक्षेत्रमा चलेको यद्धका कारण समस्यामा परेका नेपाली दाजुभाई दिदीबहिनीहरु जो स्वदेश फर्कन चाहेका छन् उनीहरु सवैलाई सकुशल स्वदेशमा फिर्ता आउने वातावरण र व्यवस्था मिलाउन सरकार सँग माग गरिएको छ ।

एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा भएको उक्त भेलामा केन्द्रीय सचिव अधिकारी, केन्द्रीय सदस्यद्वय केदार सिग्देल र भगवती न्यौपाने, निवर्तमान पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा, केन्द्रीय सल्लाहकारहरु एकबहादुर राना, प्रतापलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन जिल्ला सचिव प्रदिप अधिकारीले र स्वागत उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न पालिका कमिटिका अध्यक्षहरुले पालिका स्तरको चुनावी रिर्पाेटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र