देवघाट चिनाउन ‘देवघाट दिग्दर्शन’ प्रकाशन

Devghat Online

शेयर गरौ

देवघाट । चैत ३०

देवघाटको महत्व र महिमा चिनाउन देवघाट क्षेत्र विकास समितिले देवघाट दिग्र्दशन पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकको सोमबार नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती, नवलपरासी (सुस्ता पुर्व) क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य राजन गौतम, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारी र समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले संयुक्त रुपमा विमोचन गरे ।

उक्त कार्यत्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले देवघाट मुलुककै प्रमुख धार्मिक क्षेत्र भएको हुँदा सरकारले नै यो क्षेत्रको सर्वाङ्गिण विकासकोलागि काम गर्नुपर्ने बताए । दामोदरकुण्डबाट शालिग्राम सहित प्रवाहित कालीगन्डकी नदीलाई डाइभर्सन गरेमा देवघाटको अस्तित्व नै लोप हुने हुँदा कालीगन्डकी डाइभर्सनको योजना रद्ध गर्नुपर्ने स्वामी ज्ञानानन्द सरस्वतीले बताए ।

देवघाट चितवन, तनहुँ र नवलपुरको भुमी मात्र नभएर हिन्दु धर्मावलम्बीहरुको आस्थाको प्रतिक भएको र कालीगन्डकी र त्रिशुलीको शिर सम्म देवघाटको भुमी मानिने भन्दै ज्ञानानन्द सरस्वतीले पवित्र नदीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । कालीगन्डकी नदी राजनीतिको चपेटामा परेको हुँदा राजनीतिक खिचातानीबाट कालीगन्डकी जोगाउनुपर्ने उनले बताए ।

प्रतिनिधि सभाका सांसद राजन गौतमले धर्म संस्कृति भनेको मानव सभ्यतासँगै शुरु भएको र मानवलाई अनुशासनमा राख्ने हुनाले धार्मिक संस्कृतिको जगेर्ना गर्नु पर्ने बताए । देशमा कानुन नहुँदा धर्मले नै मानवलाई अनुशासनमा राख्ने काम गरेको भन्दै सांसद गौतमले देवघाटधाम विश्वकै एउटा प्रसिद्ध धार्मिक स्थल भएको हुँदा यो क्षेत्रको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा पुस्तकका सम्पादन मण्डलका संयोजक डि.आर पोखरेल तथा सदस्यहरु डा.एक नारायण पौडेल, डा.केशवराज चालिसे तथा फणीन्द्र प्रसाद पौडेलले देवघाटधामको महिमाको वर्णन गर्दै दामोदर कुण्ड र गोसाइँकुण्डबाट प्रवाहित हुने कालीगण्डकी र त्रिशुलीको संगमस्थल देवघाटधाम लाई केन्द्रविन्दुमा राखेर तनहुँ, चितवन र नवलपरासी सुस्ता पुर्व जिल्लाका तटीय भाग समेटेर विशाल देवघाटको संरचना तयार पारिएको हुनाले देवघाट क्षेत्रको धार्मिक महत्वलाई थप उजागर गर्दै केहि भिन्न शैलीमा र केहि अन्तर्राष्ट्रिय भाषा समावेश गरि पुस्तक तयार पारिएको बताए ।

समितिका अध्यक्ष डा.ईश्वरी राज लौडारीले देवघाट क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै यसको बहुपक्षीय महत्वलाई जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए । अध्यक्ष लौडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य रामहरी पुडासैनीले र कार्यक्रमको सन्चालन समितिका कार्यकारी निर्देशक सदन बरालले गरेका थिए ।

१२४ पृष्ठको उक्त पुस्तकमा देवघाट क्षेत्रको परिचय, देवघाट क्षेत्रको विकासक्रम, देवघाट क्षेत्रका दर्शनीय स्थलहरु, सामाजिक संस्कार र चाडपर्वहरु, देवघाटमा धार्मिक पर्यटन, कालीगण्डकी र शालिग्राम, देवघाट क्षेत्रको गुरुयोजना तथा देवघाट क्षेत्र विकास समितिको काम, कतव्र्य र अधिकारहरु समेटिएका छन् । पुस्तकको सम्पादन डी आर पोख्रेल, डा.एकनारायण पौडेल, डा. केशव चालिसे र फणिन्द्र प्रसाद पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा