नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको गाउँपालिका र संस्थागत विद्यालयबीचको बैठकले अभिभावक भेलाबाट शुल्क अनुमोदन गराउने, छात्रवृत्तिका लागि सूचना प्रकाशन गरी आवेदन संकलन गर्ने, परीक्षा सञ्चालन गरेर तोकिएको क्षेत्रका विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै छात्रवृत्ति सम्बन्धी विवरण वैशाख ८ गतेभित्र पालिकामा बुझाउन र प्रचलित ऐन कानुन विपरीत कुनै पनि शुल्क नलिन पनि निर्देशन दिइएको बन्दीपुर गाउँपालिका ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले