एमालेद्वारा गृहमन्त्रीको राजिनामा माग

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख ९

नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ जोडिएका विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेको छ । प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाउनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस् । साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न हामी माग गर्दछौँ ।’

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्रीमाथि राजीनामाको दबाब बढिरहेको छ । एमालेले सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भए लगत्तै गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा