घिरिङमा आँखा परिक्षण शिविर सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

घिरिङ गाउँपालिका, नेपाल नेत्रहिन संघ लमजुङ, समावेशी विकासका लागि कार्य र भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा घिरिङ गाउँपालिकाका पाँच वटै वडामा मोतियाबिन्दुको निशुल्क अप्रेसन सहित आँखा परिक्षण शिविर मंगलबारबाट सुरु भएको छ ।

उक्त शिविरको मंगलबार वडा नम्बर ५ को कार्यालय धेनुङ देउरालीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरे ।

वडा अध्यक्ष विष्णुविर आलेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा सदस्यहरु दिलु थापा, कमला थापा, निरमाया विक, नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले र स्वागत मन्तव्य जनस्वास्थ्य अधिकृत सुविन श्रेष्ठले गरेका थिए ।

सो शिविरमा १०३ जनाको आँखाको परिक्षण गरिएकोमा १४ जनाको मोतियाबिन्दु भेटिएको थियो । मोतियाबिन्दु भएका १४ जनालाई बैशाख १५ र १६ गते घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा निशुल्क सल्यक्रिया गरिने भएको छ ।

उक्त कार्यक्रम बैशाख ९ गते वडा नम्बर ४ को फुला आधारभुत स्वास्थ्यसेवा केन्द्रमा, १० गते वडा नम्बर ४ गते गड्यौलीटार सामुदायिक स्वास्थ्य इकाईमा र बैशाख ११ गते वडा नम्बर १ को कृष्ण मावि पुट्टारमा हुनेछ । त्यसैगरि बैशाख १२ गते शनिबार वडा नम्बर १ कै दिपक मावि बैडीमा, १३ गते वडा नम्बर २ को गजरकोट स्वास्थ्य चौकीमा, १४ गते वडा नम्बर २ को राष्ट्रिय मावि घिरिङ देउरालीमा र बैशाख १५ र १६ गते वडा नम्बर ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा बिहान १० बजेबाट आँखा परिक्षण र मोतियाबिन्दुको सल्यक्रिया हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।
उक्त आँखा परिक्षण शिविरमा सहभागी भई लाभ लिनुहुन गाउँपालिकाले सबै नागरिकमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को