तनहुँका संस्थागत विद्यालयद्वारा नियम विपरित शुल्क असुल

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १३

तनहुँका केही संस्थागत विद्यालयले नियम विपरित विद्यार्थी भर्ना वापतको शुल्क असुल गरेको पाईएको छ । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले नै जिल्लाका केही संस्थागत विद्यालयहरुले नियम विपरित विद्यार्थीबाट शुल्क लिईरहेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका केही विद्यालयहरुले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ एवं प्रचलित कानुन विपरित अझैपनि शैक्षिक सत्र सुरु हुनुपुर्व विद्यार्थी भर्ना गर्ने र शुल्क लिने कार्य निरन्तर गरिरहेको भन्दै त्यस्तो कार्य नियन्त्रण गर्न शिक्षा विकास तथा समन्वय इकाइ तनहुँलाई निर्देशन दिएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख भरतराज बरालले जिल्लाका दश वटै स्थानीय तहलाई पत्र पठाई शैक्षिक सत्र सुरु हुनुपुर्व विद्यार्थी भर्ना गर्ने र शुल्क लिने संस्थागत विद्यालयहरुको कार्य निन्त्रण गर्न र तोकिए बमोजिम व्यवस्थित गर्नको लागि सहजिकरण गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता