रेडियो ढोरवाराहीको अध्यक्षमा पुनः पण्डित

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १४

तनहुँको दुलेगौडाबाट प्रशारित हुने रेडियो ढोरबाराहीको अध्यक्षमा पुनःकृष्णराज पण्डित चयन भएका छन् । रेडियोको आइतबार सम्पन्न चौँधौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मार्फत पण्डितको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२० आँटीघरमा सम्पन्न भएको अधिवेशन मार्फत उपाध्यक्ष खेमराज खनाल, सचिवमा फडिन्द्र पौडेल, कोषाध्यक्षमा राजकुमार वाग्ले राजु र सहसचिवमा विष्णुबहादुर महत चयन भए ।

त्यस्तै सदस्यमा बसन्त ज्वारचन, ज्ञानप्रसाद भण्डारी, रविन्द्रराज पौडल, इश्वर शर्मा, कृष्णप्रसाद लामिछाने र विनोद राउत चयन भए । साथै अधिवेशन मार्फत रेडियोको लेखा समितिको संयोजकमा मानकुमार तिम्ला र सदस्यमा ऋषिबहादुर बस्नेत र मनश्याम ज्वारचनलाई चयन गरिएको छ ।

पुन अध्यक्षमा निर्वाचित भएपछि नयाँ कार्यकालका लागि सथप ग्रहण गर्दै अध्यक्ष पण्डितले रेडियोको वर्तमान चुनौतीहरुलाई चिरेर नयाँ उचाईमा पु¥याउन प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण