देवघाटको चक्रवर्ती विद्यालयका ५० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १५

देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर मनपा–१०, चितवन निवासी गिता राजभाटको सहयोगमा देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई मंगलबार विद्यालय पोशाक र स्टेशनरी वितरण गरिएको छ ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर, सहयोगीदाता गीता राजभाट एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, विद्यालयका प्रअ अर्जुन सुवेदी, देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष प्रशन्न ढकाल लगायत देवघाटधाम जेसिजका पदाधिकारी, विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष सुष्मा गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन देवघाटधाम जेसीजकी कोषाध्यक्ष रक्षा कार्कीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक