घिरिङ गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ९५० लाभान्वित, ६९ जनाको शल्यक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १७

घिरिङ गाउँपालिका, नेपाल नेत्रहिन संघ लमजुङ, समावेशी विकासका लागि कार्य र भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा घिरिङ गाउँपालिकाको पाँच वटै वडामा सम्पन्न भएको निशुल्क आँखा परिक्षण शिविरमा ९५० जना लाभान्वित भएका छन् ।

उक्त शिविर गत बैशाख ८ गतेदेखी सुरु भएको थियो । पाँच वटै वडाका आठ स्थानमा भएको शिविरमा ९५० जना गाउँपालिकाबासीले सेवा लिएका छन् । त्यसमध्ये मोतीबिन्दुका विरामी मध्ये ६९ जनाको बुधबार शल्यक्रिया गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।

जस अनुसार वडा नम्बर १ मा ३८२ जना, वडा नम्बर २ मा २ सय जना, वडा नम्बर ३ मा १२९ जना, वडा नम्बर ४ मा १३६ जना र वडा नम्बर ५ मा १०३ जनाको आँखा परिक्षण गरिएको र १३२ जनाको मोतीबीन्दुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रिमालले बताए । उक्त शिविरमा आँखाको जाँच सहित निशुल्क वितरण तथा निशुल्क सल्यक्रिया गरिएको थियो ।

बुधबार घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया एवं शिविर समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले शिविर सफल पार्न खट्नुहुने गाउँपालिकाका स्वास्थ्यकर्मी तथा नेपाल नेत्रहिन संघ लमजुङ तथा भरतपुर आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ