रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १७

रोल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई भीरबाट खसेको हो ।

दुर्घटनामा परेकामध्ये सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या २० पुगेको हो ।

दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ । प्रहरीका अनुसार अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ भने घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध