सानीमा बैंकद्वारा दमौली अस्पताललाई सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १७

प्रदेश अस्पताल दमौलीमा प्रसूति सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले सानीमा बैंक लिमिटेड दमौली शाखाले मेटरनिटी बेड सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमला मोहन वाग्ले र बैंकका शाखा प्रबन्धक अर्जन थापाको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल, रेडियोलोजिष्ट डा. प्रविण पाण्डेय, अर्थोपेडिक्स विशेषज्ञ डा.प्रक्रिय रिमाल, बैंकका प्रतिनिधि पवनराज दाहाल, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व उपाध्यक्ष तथा प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की, नर्सिङ प्रमुख दिया पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष वाग्लेले अस्पतालको सेवा विस्तारसँगै उपकरण व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । सानीमा बैंकका शाखा प्रबन्धक थापाले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो सहयोग गरेको बताए ।

उनले समुदायको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा राखे । त्यसैगरी, अस्पतालका प्रमुख डा.बरालले प्राप्त सहयोगले प्रसूति सेवाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता सहकार्य आवश्यक रहेको बताए । उनले अस्पतालमा बिरामीको चाप बढ्दै गएको सन्दर्भमा उपकरण अभाव न्यूनीकरण गर्न सहयोग महत्वपूर्ण भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा