देवघाटका सामुदायिक विद्यालयको शैक्षिक प्रदर्शनी प्रतियोगिता

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १०

देवघाट गाउँपालिकाको आयोजनामा शनिबार कालिका माविको प्राङ्गणमा सामुदायिक विद्यालय स्तरीय शैक्षिक प्रर्दशनी प्रतियोगिता तथा सिकाई मेला सम्पन्न भएको छ । उक्त प्रर्दशनीमा देवघाट गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु पार्वती मावि, कालिगंगा मावि, आर्दश शिक्षा मावि, भृकुटी मावि, बालकेश मावि, राष्ट्रिय मावि, बज्रयोगिनी मावि, कालिका मावि तथा सिद्धमहाकाली माविको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विद्यार्थीहरु सिर्जनात्मक काममा सरिक हुनुपर्ने बताए । शैक्षिक प्रदर्शनीको लागि मुख्य भूमिका शिक्षकहरुको रहेको र विद्यार्थीहरु त सिकारु मात्र रहेको र विगत वर्ष यता देवघाट गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरले शिक्षामा लगन र मेहनतका साथ शिक्षामा प्रगति गरेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न खड्का, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, कार्यपालिका सदस्य बाबुराम परियार तथा तर्फबाट भृकुटी माविका प्रअ राम शर्मा लगायतले मन्तव्य राखेका थिए ।

शिक्षा शाखा प्रमुख लामिछानेले विद्यार्थी भाइ बहिनीहरुको सिर्जनात्मक र बौद्धिक क्षमताको विकासका साथै वर्तमान शिक्षाको पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र परियोजना क्षमता विकास गर्ने उद्देश्यका साथ देवघाट गाउँपालिका शिक्षा शाखाले कार्यक्रमको आयोजना गरिएको बताए ।

उक्त प्रतियोगितामा सिर्जनात्मक, उपयोगिता ,प्रस्तुतिकरण विषय वस्तुसँग सम्बन्धित नवप्रवर्तन तथा समूहकार्य लगायत विभिन्न विषयमा मुल्यांकन गरिएको थियो । प्रतियोगितामा आदर्श मावि खाल्टे प्रथम, कालिका मावि देवघाट द्वित्तिय कालीगंगा मावि बैदी तृतिय भएका थिए ।
उक्त कार्यक्रमको सन्चालन देवघाट गाउँपालिका शिक्षा शाखा सहायक प्राविधिक सुबास सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ