रास्वपा आँबुखैरेनी र बन्दीपुर गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आँबुखैरेनी र बन्दीपुर गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आबुँखैरेनीको अधिवेशन शनिबार र बन्दीपुरको अधिवेशन आइतबार सम्पन्न भएको छ । उक्त अधिवेशनले ति दुई पालिका कमिटीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।

आबुँखैरेनीको अधिवेशनबाट राम श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । उपसभापतीमा खुलराज गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, सहसचिव भक्त बहादुर गुरुङ तथा कोषाध्यक्षमा सबिता भट्टराई सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्रेम कुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किसान श्रेष्ठ, तुलसी पौडेल खनाल, सम्झना सुनार तथा हरिभक्त पन्त निर्वाचित भएका छन् ।

त्यसैगरि बन्दीपुर गाउँपालिका कमिटिको आइतबार सम्पन्न प्रथम अधिवेशनले शम्भु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको छ । त्यस्तै उपसभापतीमा तुलबहादुर गुरुङ, सचिवमा सुमित गुरुङ, सहसचिवमा भिमबहादुर गुरुङ तथा कोषाध्यक्षमा जमुना गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नविन भट्टराई, हरिमाया रेग्मी, प्रमिला विश्वकर्मा र कलिवती भट्टराई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले