यी हुन् रास्वपाका स्थानीय तह हाँक्ने सभापतीहरु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ अन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ ।

गते जेठ १० देखी १७ गतेसम्म रास्वपाले तनहुँका दश मध्ये नौ वटा स्थानीय तहमा अधिवेशन आयोजना गरेको थियो । अधिवेशनमा केहीमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको थियो भने केहीमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको थियो ।

अधिवेशन भएका स्थानीय तहका सभापतीहरुमा देवघाट गाउँसमितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँसमितिमा राम श्रेष्ठ, बन्दीपुर गाउँसमितिमा शम्भु श्रेष्ठ, भानु नगरसमितिमा विष्णु पोख्रेल, व्यास नगरसमितिमा चूडामणि दाहाल रहेका छन् । त्यस्तै म्याग्दे गाउँसमितिमा मनोज अधिकारी, शुक्लागण्डकी नगरसमितिमा हरिबहादुर खड्का र भिमाद नगरसमितिमा उत्तम सुवेदी र घिरिङ गाउँसमितिमा प्रेम थापा सभापति चयन भएका छन् ।

अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ । रास्वपाले आगामी असार ७ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसअन्तर्गत देशभर सङ्गठन सुदृढीकरण अभियान चलिरहेको छ । तनहुँमा पनि सोही अभियान अन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा सङ्गठन पुनःसंरचनाको काम भइरहेको रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई