नगरप्रमुखद्वारा पत्रकारलाई दुव्र्यहवार, महासंघको विरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३१

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारमा जेठ ३१ गते आइतबार रिपोर्टिङका क्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य तथा पत्रकार विनोद ढुंगानामाथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितद्वारा गरिएको अभद्र, अपमानजनक तथा पत्रकारिताको मर्यादाविपरीतको व्यवहारप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

रिपोर्टिङको क्रममा नगर प्रमुख पण्डितले “पत्रकार त पार्टीका हुन्छन्” भन्ने अभिव्यक्ति दिएपछि पत्रकार ढुंगानाले “को भयो पार्टीका पत्रकार ? कसरी भयो ?” भन्ने स्वाभाविक जिज्ञासा राख्दा नगर प्रमुख पण्डितले “तैले मलाई सिकाउन पर्दैन” भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको जानकारी प्राप्त भएको महासंघले जनाएको छ ।

जनप्रतिनिधिबाट सञ्चारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाउने काम गरेको महासंघले जनाएको छ । पत्रकार विनोद ढुंगानामाथि भएको दुव्र्यवहार प्रति विरोध जनाउँदै महासंघले सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ ।

स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामाथि हुने कुनै पनि प्रकारका दबाब, धम्की, दुव्र्यवहार वा हस्तक्षेपप्रति सञ्चार क्षेत्र सदैव एकजुट रहने प्रतिबद्धता महासंघका सचिव कृष्णचन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर