आँबुखैरेनी गाउँपालिकाले ल्यायो ६४ करोड ८ लाखको बजेट

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड ८ लाख २ हजार ८४ रुपैयाँको बजेट पेश गरेको छ । विहिबार आयोजित गाउँ सभाको १९ औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष दुर्गा अर्यालले उक्त बजेट पेश गरेकी हुन् ।

उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक आर्यालले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिइएको जनाइएको छ ।

बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै समृद्ध आँबुखैरेनी निर्माणको लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । आबुँखैरेनीले नीति तथा कार्यक्रम भने यस अघि नै प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले