आँबुखैरेनी गाउँपालिकाले ल्यायो ६४ करोड ८ लाखको बजेट

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड ८ लाख २ हजार ८४ रुपैयाँको बजेट पेश गरेको छ । विहिबार आयोजित गाउँ सभाको १९ औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष दुर्गा अर्यालले उक्त बजेट पेश गरेकी हुन् ।

उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक आर्यालले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिइएको जनाइएको छ ।

बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै समृद्ध आँबुखैरेनी निर्माणको लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । आबुँखैरेनीले नीति तथा कार्यक्रम भने यस अघि नै प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता