घ्यू खाँदा ९ बटुक बिरामी, गुणस्तर परीक्षणको माग

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

डुम्रेस्थित एक पूजा सामग्री पसलबाट खरिद गरिएको घ्यू सेवन गरेपछि ओमकार आयुर्वेद गुरुकुलका ९ जना बटुक बिरामी परेका छन् ।

घ्यू खाएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि बिरामी परेका बटुकहरूलाई उपचारका लागि बन्दिपुर अस्पताल लगिएको थियो । उनीहरूको सोही अस्पतालमा उपचार भयो । बिरामी भएका सबै बटुकको स्वास्थ्य अवस्था सामान्य भईसकेको र बटुकहरु उपचार पश्चात फर्किसकेका छन् ।

घटनापछि स्थानीयवासी तथा सरोकारवालाले उक्त घ्यूको गुणस्तर परीक्षण गर्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । खाद्य वस्तुको गुणस्तरमा लापरवाही भए÷नभएको विषयमा अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न समेत आग्रह गरिएको छ ।

यसैविच सरोकारवाला निकायले डुम्रे स्थित उक्त पुजा सामाग्रीको अनुगमन गरि घ्यूको गुणस्तरको बारेमा जानकारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ