भादगाउँ खानेपानी तथा तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन असार १३ गते हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

व्यास नपा १ स्थित भादगाउँ खानेपानी तथा तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन असार १३ गते हुने भएको छ । विहिवार बसेको उपभोक्ता संस्थाको आठौं अधिवेशनको निर्वाचन समितिका संयोजक केशव भट्टराईको संयोजकत्वमा बसेको वैठकले निर्वाचनको कार्यक्रम पारित गरेको थियो ।

निर्वाचन कार्यक्रम अनुसार उम्मेदबारको मनोनयन शुक्रबार दिउँसो २.३० देखी ४ बजेसम्म हुनेछ । उम्मेदबारको अन्तिम नामावली प्रकाशन असार १२ गते शनिबार विहान ८.३० बजे र निर्वाचन सोही दिन बिहान ९ देखी १.३० बजेसम्म हुने भएको छ ।
गत असार ६ गतेका दिन मतदाता नामावली प्रकाशन, प्रकाशित नामावली उपर दावी विरोध र अन्तिम नामावली प्रकासनसम्मको कार्य सम्पन्न भइ अन्य निर्वाचन कार्यक्रम अर्को सुचना प्रकासन नहुँदासम्मका लागी स्थगित गरिएकोमा सो निर्वाचन कार्यक्रमलाइ विहिबारदेखी सुचारु भएको व्यहोरा मतदाताहरुलाइ सु–सुचित गराइदिनका लागी भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई जानकारी गराउने निर्णय निर्वाचन समितिले गरेको छ ।

यस्तै भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था व्यास–१ तनहुँको आठौं अधिवेशनका सम्पुर्ण मतदाताहरुलाइ जानकारी होस भन्नका खातिर भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था व्यास–१ तनहुँको सुचना पाटी र मतदान स्थल दरै भवन व्यास–१ को सुचना पाटीमा सुचना टाँस गर्ने निर्णय पनि निर्वाचन समितिले गरेको संयोजक केशव भट्टराईले जानकारी दिए ।

निर्वाचन समितिमा संयोजक अधिवक्ता केशव भट्टराई र सदस्यहरुमा अधिवक्ता अमृतबहादुर नेपाली र सदस्य उपभोक्ता श्रीराम गन्धर्व तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय